Logo

नेपालमा एचआइभी एड्सको संक्रमणदर घट्यो, यौन व्यवसायी महिला पनि सचेत



असार ३२, काठमाण्डौ । नेपालमा महिला यौनकर्मी र विदेशमा काम गरेर आउने पुरुषहरुमार्फत एचआइभीको संक्रमण फैलिने गरेको छ । तर पछिल्ला वर्षहरुमा नेपालमा एचआइभी एड्सको संक्रमणदर घटेको पाइएको छ । सन् २००३ देखि २०१८ सम्मको तथ्याङ्कअनुसार महिला तथा पुरुष दुवैमा एचआइभी व्यापकतादर घटेको हो ।

सम्बन्धित समाचार :

एचआइभीसम्बन्धी प्रशिक्षण

महिला यौन व्यवसायीहरुमा एचआइभीको व्यापकता दर २००३ मा दुई प्रतिशत थियो भने यसको दर घटेर २००६ मा आइपुग्दा एक दशमलव पाँचमा सिमित भएको थियो । त्यसपछिको तीन वर्षको अवधिमा भने उक्त बढेको थियो । सन् २००९ मा दुई दशमलव तिन पुगेको थियो ।

त्यसपछिका वर्षहरुमा भन एचआइभी एड्सको संक्रमणदर घट्दै गएको छ । सन् २०१२ मा एक प्रतिशतमा मा झरेको थियो । त्यसैगरी २०१५ मा शुन्य दशमलव आठ प्रतिशत भएको उक्त दर २०१८ मा आईपुग्दा सुन्य दशमलव सातमा सिमित भएको छ । यसै गरि भारतमा काम गरेर फर्केका पुरुष आप्रवासिका श्रीमतीहरुमा एचआइभीको व्यापकता दर २००८ मा तिन दशमलव तिन थियो भने २०१० मा आइपुग्दा यसको दर घटेर सुन्य दशमलव आठमा आइपुगेको थियो ।

त्यसैगरी २०१८ मा आइपुग्दा यसको दर घटेर सुन्य दशमलव पाँचमा आइपुगेको छ । तथ्याङ्क अनुसार महिला यौनकर्मी र विदेशमा काम गरेर आउने पुरुषहरुमार्फत एचआइभीको संक्रमण फैलिने क्रम घट्दै गएको छ ।

पछिल्लो समय सरकारले एचआइभी एड्स भएकालाई निः शुल्क उपचारको व्यवस्था गरेको छ । यो रोग पूर्ण निको नहुने भए पनि एड्स प्रभावितलाई सहज वातावरण सृजना गरिदिने हो भने उसको आयु भने बढ्न सक्छ । तर एचआइभीबाट संक्रमित भइसकेपछि घर परिवारलाई समेत जानकारी नदिने प्रचलन छ । लाज नमानिकन आफ्नो समस्याबारे भन्नुपर्ने ठाउँमा भन्ने हो र सम्भव भएसम्मको उपचारमा सहभागि हुने हो भने संक्रमित व्यक्तिको पनि आयु लम्बिन्छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा इन्टे«पिड नेपाल र एनआइडीआरले एचआइभी संक्रमितको तथ्याङ्क संकलन गरेको थियो ।

एचआईभीको उच्च जोखिममा रहेका समुह, पुरुष समलिङ्गी र तेस्रोसलङ्गी, भारतमा काम गरेर फर्केका पुरुष, तिनका श्रीमती र महिला यौनकर्मीहरुबाट तथ्याङ्क लिइएको हो । सन् १९८८ को सुरुवातसँगै नेपालमा देखापरेको एच.आई.भिको सङक्रमण अहिलेसम्म करिब ३० हजारमा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्