Logo

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत



साउन २, काठमाण्डौ । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसबीच दुरी बढ्दै गएको छ ।

कांग्रेसले संसदमा सरकारको आलोचना बढाइरहेको भने सडकमा भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलन चर्काइरहेको छ ।

अर्कोतिर डा. गोविन्द केसीको अनशन र उनको मागको विषयले सरकारलाई कमजोर बनाइरहेको छ ।

सम्बन्धित समाचार :

देउवालाई अदालतको साथ, ओली सरकारका निर्णय उल्टिए

सडकमा कांग्रेस, आन्दोलन घोषणा

काँग्रेसले साउन १५ गते विरोध सभा गर्ने

हरेक नियुक्ती अब ओली-प्रचण्डको सेटिङमा, कांग्रेसीहरु आउट !

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको भन्दै त्यसको प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।

यता नेपाली कांग्रेसले पनि सरकारविरुद्ध थप आक्रामक बन्ने नीति लिएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकार विरोधी प्रदर्शनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

साउन ३ गते प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गरिने भएको छ ।

साउन ५ गते नेपाल तरुण दलको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी साउन ८ गते जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ ।

सरकार र प्रतिपक्ष वार्ता संवादबाट नभै शक्तिका आडमा आफूले जित्ने रणनीति लिएको स्पष्ट देखिएको छ । यसले थप विवाद र द्धन्द्ध बढाउने सम्भावन देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्