Logo

हेलिकप्टर जुम्ला उड्यो, गोविन्द केसीलाई जबरजस्ती उठाउने



साउन ३, काठमाण्डौ । सरकारले डा. गोविन्द केसीलाई काठमाण्डौ ल्याएर उपचार गराउनका लागि हेलिकप्टर पठाएको छ ।

जुम्लामा अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि सरकारले उपचारका लागि उनलाई काठमाण्डौ ल्याउन लागेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार :

डा. केसीलाई जबरजस्ती काठमाण्डौ ल्याउने तयारीमा सरकार

जुम्लाबाट डा. केसीको सन्देश : ‘ओलीबाहेक अरुसँग वार्ता गर्दिन्’

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

कानुनमन्त्री तामाङ र कांग्रेस नेता गौतमबीच डा. केसीको विषयमा भनाभन 

उता केसी भने आफ्ना माग सफल नभएसम्म जुम्लामा नै अनशन बस्ने अडानमा छन् । सरकारले जबरजस्ती उनलाई काठमाण्डौ ल्याउने भएपछि केसी पक्षधरहरु आक्रोषित बनेका छन् ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।

सहमतिबिना जबरजस्ती भए पनि केसीलाई काठमाण्डौ ल्याउने विषयले थप विवाद बढ्ने देखिएको छ ।

अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्