Logo

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती



साउन ३, काठमाण्डौ । अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली केसीलाई लिन जुम्ला पुगेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार :

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

हेलिकप्टर जुम्ला उड्यो, गोविन्द केसीलाई जबरजस्ती उठाउने

डा. केसीलाई जबरजस्ती काठमाण्डौ ल्याउने तयारीमा सरकार

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

कानुनमन्त्री तामाङ र कांग्रेस नेता गौतमबीच डा. केसीको विषयमा भनाभन

सरकारले डा. केसीलाई काठमाडौं ल्याउन नेपालगन्जबाट सेनाको हेलिकप्टर जुम्ला पुगेसँगै अस्पताल परिसरको सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

डा. केसीले कुनैपनि हालतमा काठमाडौं नआउने अडान दोहार्‍याएका छन् । ‘मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र संवेदनशील छ भने मेरा मागहरु पूरा गर्नतर्फ लाग्नुपर्छ, मलाई अपहरण गरेर काठमाडौं लैजाँदैछ, अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ, माग पूरा गर म अनसन तोड्छु ।’ केसीले भनेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ((नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको ।

तर केसी पक्षीय चिकित्सकहरुले केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेका छन् । जुम्लामै वार्ता गरेर केसीको माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्