Logo

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की



साउन ३, काठमाण्डौ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकराले काठमाडौं ल्याउने तयारी गरेको छ ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीलाई केही बेरमै सुर्खेत ओरालिने भएको छ। उनलाई लिन काठमाडौंबाट आएको टोलीले अनशन बसेको स्थानबाट सुर्खेतको वीरेन्द्रनगर ल्याउन लागेको हो।

सम्बन्धित समाचार :

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

केसीलाई आजै काठमाडौं ल्याउने बताइएको छ।

स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।

झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए ।

प्रहरीकाे गाेली लागेर अर्का प्रहरी घाइते भएका छन् । उनकाे छातीमा गाेली लागेकाे छ ।

गाेली लागेर घाइते प्रहरीकाे जुम्लामै उपचार भइरहेकाे छ । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्। समाचार स‌ंकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्