Logo

नारायणकाजी-गिरिराजमणि गोविन्द केसीको पक्षमा, ओली–प्रचण्डलाई तनाब !



काठमाडौं, ३ साउन । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको अनशन तोडाउन सरकारले बल प्रयोग गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले आज जुम्ला अस्पतालमा अध्यधिक बल प्रयोग गरेको छ ।

डाक्टर केसीको पक्षमा हजारौंको संख्यामा जनताहरु उर्लिएका थिए । तर, प्रहरीले प्लाष्टिकको गोली प्रहार गरेका खबरहरु आएका छन् । प्रहरीको गोली लागेर स्वयम् प्रहरी नै सख्त घाईते भएका खबरहरुपनि आईरहेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै शीर्ष नेताहरुपनि अनशनरत डाक्टर केसीको पक्षमा खुलेर लागेका छन् । स्रोतका अनुसार आजमात्रै नेकपाका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले आजमात्रै डाक्टर केसीलाई फोन गरेर आफू केसीको पक्षमा रहेको सुनाएका थिए ।

डाक्टर केसीसँग श्रेष्ठले गरेको कुराकानीबारे स्रोतले जनायो,‘म तपाइको साथमा छु, तपाईका मागहरु सरकारले पूरा गर्नैपर्छ।’
नेकपाका नेता श्रेष्ठसँगै नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा त झनै केसीको समर्थनमा खुलेर लागेका छन् । उनले सदन र सडक दुवै ठाउँबाट केसीको पक्षमा वकालत गरिरहेका छन् ।

वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलपनि केसीको पक्षमा छन् । तर उनले बाहिर एउटा कुरा गर्ने अनि भित्र अर्को कुरा गर्ने गरेको आरोपहरु लागेका छन् । यसअघि स्वास्थ्यमन्त्री हुँदा पनि पोखरेलले केसीका मागहरु पूरा गराउन गम्भिर पहलकदमी चालेका थिए ।



प्रतिक्रिया दिनुहोस्