Logo

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)



काठमाण्डौ । देशभरका चिकित्सकहरुले आज अस्पतालमा हडतालमा गरेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघको अगुवाइमा बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो ।

सम्बन्धित समाचार : 

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

अनसनरत डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता चिकित्सकहरुले बिहीबार देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । सरकारले डाक्टर केसीको माग पुरा नगरेको र उनको स्वास्थ्य अबस्था बिग्रदै गएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो ।

सरकारले केसीसँग वार्ता गर्न भनेर टोली बनाए पनि त्यो औपचारिकता मात्रै भएको नेपाल चिकित्सक संघका महासचिव लोचक कार्कीको आरोप छ । वार्ता टोलीका कुनै पनि सदस्यले निर्णय गर्न सक्ने अवस्था नरहेकाले अहिलेको वार्ता टोलीसँग केसीले बार्ता गरेर निष्कर्ष निस्किन नसक्ने उनको दाबी छ ।

सेवा रोकरे आन्दोलनमा उत्रिएका चिकित्सकहरुले संसदमा लान खोजिएको चिकित्सा शिक्षा विधेयह तत्काल रोकेर केसीसँग ठोस वार्ता गर्नुपर्ने माग गरेका छन् । विधेयक नरोकेसम्म वार्ताका लागि कुनै विषयवस्तु नै नहुने डा. केसी पक्षको वार्ता टोलीका सदस्य डा.सुरेन्द्र भण्डारीले बताए ।

डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो । तर, सरकारले माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको संघले जनाएको छ । संघको आन्दोलनका कारण देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।

चिकित्सकले सेवा अबरुद्ध पारेको भन्दै बिरामीका आफन्तहरुले काठमाडौको बीर अस्पतालमा केहिवेर नाराबाजी गरेका छन् । उनीहरुले विरामीको स्वास्थ्य सेवा कुन्ठीत गरेको भन्दै आक्रोश पोखेका थिए ।

यता काठमाडौको महाराजगंजस्थीत त्रिवि शिक्षण अस्पतालमा सेवा सुचारु गर्नुपर्छ भन्ने पक्ष र बन्द गर्नुपर्छ भन्ने पक्षबीच विवाद भएको थियो । राष्टिय चिकित्सक संघ, मधेशी चिकित्सक संघ लगायतका सरकार निकटका पेशागत संगठनले बन्दको अबज्ञा गर्ने बताएपछि विवाद भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।

चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्