Logo

बानेश्वरको झडप : प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए



काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा बानेश्वरमा निकालिएको विरोध र जुलुस प्रर्दशनमा झडप भएपछि मन्त्रीहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

डाक्टर केसीको अनशनका कारण सरकारविरुद्ध जनमत बढिरहेकोले प्रधानमन्त्री ओलीले समिक्षा गर्न र केसीका मागहरु कसरी पूरा गर्न सकिन्छ भनेर सरकारको आधिकारिक धारणा बनाउन मन्त्रीहरुलाई बोलाएको स्रोतको दाबी छ ।

आज अपरान्ह प्रहरीले झडपलाई नियन्त्रण गर्नको लागि ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका थिए ।

प्रदर्शनकारीले प्रदेश नम्बर ३ का सामाजिक मन्त्री युवराज दुलाल चढ्ने बा १ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक मन्त्री किशोर शाह चढ्ने बा १ झ ७२३४ गाडी र प्रदेश नम्बर ४ की सामाजिक मन्त्री नरदेवी पुन मगर चढ्ने ग १ झ २७६ गाडी तोडफोड गरेको हो।

झडपमा डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य प्रदर्शनकारी पनि घाइते भएका छन्।



प्रतिक्रिया दिनुहोस्