काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले तत्काल पहलकदमी चाल्नुपर्ने बताएका छन् ।
डाक्टर केसीले उठाएका मागप्रति कांग्रेसको पूर्ण समर्थन रहेको उनको भनाई थियो । शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने,”अध्यादेशमार्फत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत डाक्टर केसीका मागहरु स्विकार्नुभएको छ।”
जनता जान्न चाहान्छन ~ Prime Times Television
जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रतक्ष्य प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepSubscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page: https://www.facebook.com/primetimestvnepalFollow us on twitter: https://twitter.com/primetimestvnep
Posted by Prime Times Television, Nepal on Saturday, 21 July 2018
समग्र चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विकास गर्न र गुणस्तरीयता वृद्धि गर्ने कुरा प्राथमिकतामा पर्नुपर्ने उनको भनाई छ ।
सत्तापक्ष र प्रतिपक्षीबीच द्धन्द्धको टकराव सरकारका कारणले निम्तिएको उनको आरोप छ । उनले भने,”हामीलाई ५ महिनाभित्रै सरकार विरुद्ध उत्रिन रहर थिएन, तर गम्भिर देखिएन।”
डाक्टर केसीको पक्षमा सडक संघर्ष गर्दा कांग्रेसलाई प्रतिउत्पादक नहुने उनको दाबी छ । उनले भने,”सबैले यतिवेला डाक्टर केसीप्रति सहानुभुति गरिरहनुभएको छ।”
नेविसंघभित्रको विवाद आन्तरिक भएको उनको भनाई छ । उनले भने,”नेविसंघमात्रै होईन, कांग्रेसभित्रका सबै विवादहरु हामी छलफलमार्फत हल गर्छौं । आज प्रतिपक्षको भूमिका सशक्त बनाउने हाम्रो आवश्यकत्ता हो।”