काठमाडौं, ७ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डाक्टर गोविन्द केसीसँगमात्रै वार्ता गर्ने तर त्यसको लागि केसीले स्वास्थ्य उपचार गरेर बोल्न सक्ने हुनुपर्ने विकल्प अघि सारेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीको पछाडि लाग्ने पार्टीहरु नेपाली कांग्रेस, विवेकशील साझा लगायतका पार्टीहरु ब्याक हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भने,‘अब दुवै तर्फको वार्ता टोली भंग हुनुपर्छ , डाक्टर केसी बोल्न सक्ने भएपछि हामी वार्ता गर्छौं, म आँफै वार्ता गर्छु ।’