Logo

डा.गोविन्द केसीको अनशन २५ औँ दिनमा, कहिले टुङ्गिएला ?



साउन ७, काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका विभिन्न माग सहित १५औँ पटक अनशन बसिरहेका डा गोविन्द केसीको अनशन २४ औं दिनमा पुगेको छ । आज पनि कुनै प्रगति नभएपछि केसकिो अनशन २५ दिनसम्म पुग्ने निश्चित छ ।

डा केसीको यो सबैभन्दा लामो अनशन हो । यसअघि ११ औँ अनशन २३ दिनसम्म चलेको थियो । अहिलेसम्म सबैभन्दा धेरै दिन सत्याग्रहमा रहेपनि केसीको अनशन टुंगिने भने अझै कुनै छनक देखिएको छैन ।

सम्बन्धित समाचार :

गोविन्द केसीले अनशन तोडे म आँफै वार्ता गर्छु : प्रधानमन्त्री ओली

डा. केसी आफैँ अनशन बस्नुभएको छ वा अरु कोही छन् ? जवाफ चाहियो

केसीको अनशनले रेकर्ड तोड्यो, स्वास्थ्य अवस्था जटिल, वार्ता अनिश्चित

गोविन्द केसीको विषयमा सत्तारुढ दल नेकपामा दुई कित्तामा, नारायणकाजीले भेटे केसीलाई

बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

‘संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन’

ओली सरकारको दिनगन्ती सुरु भइसक्यो, कांग्रेसले गोल हानेरै छाड्छ

अनशनको २४ औं दिन हुँदा डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । दिनप्रतिदिन स्वास्थ्य जटिल बनेपनि सरकार भने डाक्टर केसीले स्वतन्त्र निर्णय लिनसक्ने भएपछि मात्र वार्ता गर्ने भन्दै बसिरहेको छ । अर्कोतिर केसी माग पूरा नभए अनशन नतोड्ने अडानमा छन् । दुवै पक्षको अडानका कारण अझै कुनै सार्थक वार्ता हुन सकेको छैन । डा केसीले असार १६ गते जुम्लाबाट अनशन सुरु गरेका थिए । जुम्लामा स्वास्थ्य उपचार गर्ने पर्याप्त व्यवस्था नभएपछि सरकारले अनशनको २०औँ दिन उनलाई जबर्जस्ती काठमाडौँ ल्याइएको हो ।

जसको विरोध स्वरुप केसीले अझै कुनै स्वास्थ्य परीक्षण र सेवा लिन मानेका छैनन् । उनको शरीरमा अक्सिजनको मात्रा न्यूनतम ९९ प्रतिशत हुनुपर्नेमा घटेर ४५ मा आएको उनका सहयोगी डा अभिषेकराज सिंहले जानकारी दिए । डा केसीलाई २४ सै घण्टा अक्सिजन दिएर राख्नुपर्ने अवस्था छ ।

डा. केसीको शरीरमा सेतो रक्त कोषिकाको संख्या घटेको छ भने छाती दुख्ने र मांसपेसी बाँउडिने समस्या समेत बढेको छ । स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दा समेत अबको निकास के भन्ने यकिन छैन । स्वास्थ्य अवस्था बिग्रिएका कारण केसीले आफूसँग भेट्न पुगेका विभिन्न दलका नेताहरूसँग अन्तर्क्िरया गर्न सकेका छैनन्। सरकारी वार्ता टोली र २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनीधबीच पटक पटक वार्ता हुने भनेपनि अझै अन्योल कायमै छ ।

सरकारले जुम्लामा अनसनरत डा. केसीलाई वार्ताका लागि भन्दै बल प्रयोग गरी काठमाडौं ल्याएको थियो । तर, शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा बनेको वार्ता टोलीसँग डा केसीले वार्ता नगर्ने बताएपछि सरकारी टोलीले बेवास्ता गरिरहेको छ । केसीको आन्दोलन र मागमा ऐक्यबद्घता जनाउँदै काठमाडौको बसन्तपुरमा सयजना भन्दा सर्वसाधारण एवं सरोकारवालाले नागरिक अनशन भनेर अभियान चलाएका छन ।

सरकार र डा. गोविन्द केसी आ– आफ्नो अडानमा टसमस नभएपछि राष्ट्रय राजनीति नै यतिखेर चिकित्सा शिक्षा विद्येयकमा अड्किएको छ । प्रमुख प्रतिपक्षी काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक समेत आगामी ११ गतेसम्मका लागि स्थगित भएको छ । केसीको जिवन रक्षा तथा मागको सम्वोधका लागि रजीवन रक्षाका लागि सरकारले गम्भीर हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्