Logo

विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडे : ओली



काठमाडौं, ८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नहुने बताए। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालले दुर्गा प्रसाईंको घरमा गएर  खाएको तर त्यसको स्वाद मिठो नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘मैले जिन्दगीभर आडम्बरी कुरा गरेको छैन, दुर्गा प्रसाईंको घरमा गएर प्रचण्डजी र मैले भात खाएका हौं, भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर फेसबुकमा राख्नु गलत होइन, मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाएका छन्।’

प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot