Logo

अब हाम्रो मुख्य शर्त भनेको शिक्षामन्त्रीको राजिनामा हो : गोविन्द पक्ष



काठमाडौं, ९ साउन । अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारको वार्ता भाँडिएको छ । तर आजबाट डाक्टर केसी पक्षधरले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजिनामालाई पहिलो शर्त बनाएको छ ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा डाक्टर केसी पक्षधर बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारी वार्ता टोलीसँग आफूहरुको सकारात्मक कुराकानी भैरहेपनि शिक्षामन्त्री पोखरेलले गलत मनशाय बाकेर संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत गराएको आरोप लगाए ।

भण्डारीले अब प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरे । उनले भने,”हाम्रो मुख्य शर्त भनेको नै अब शिक्षामन्त्रीको राजिनामा हो, उहाँले गम्भिर गलत गर्नुभएको छ, उहाँले अध्यादेशलाई तोडमोड गरी विद्येयक लिएर संसदमा जानुभयो, यो हामीविरुद्ध षड्यन्त्र गर्यो, कसैको ईशारामा उहाँले यो काम गर्नुभएको हो।”

विद्येयक एक शब्दपनि परिमार्जन गर्न नसकिने भन्दै आफूलाई शिक्षामन्त्रीले थर्काउन खोजेको पनि उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot