Logo

उपेन्द्र यादवले देखाए शक्तिको तुजुक, उड्नै लागेको थाई विमान ४५ मिनेट रोकिदिए



साउन १०, काठमाण्डौ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदकै आडमा मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोकिदिएका छन् ।

यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको हो ।

अनुसार यादव मंगलबार हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान ११ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर, यादवका कारण १२ः१५ मा मात्र उड्यो ।

यादव विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा नपाइएपछि नयाँ बनाएर जाँदा एअरपोर्ट पुग्न ढिलाइ भएको थियो ।

उनी विमानस्थल पुग्दा थाई विमान ढोका बन्द गरेर उड्न लागिसकेको थियो । यादवका तर्फबाट विमानस्थल अधिकारीले दबाब दिएपछि थाई विमान ४५ मिनेट रोकिएको हो ।

यादवका कारण उडान ढिलो हुँदा बैंकक हुँदै अन्य गन्तव्य जान लागेका थुप्रै यात्रुको ‘कनेक्टिङ फ्लाइट’ छुटेको थियो ।

थाई एअरवेजको काउन्टर बन्द भइसकेकाले यादवलाई हस्तलिखित बोर्डिङपास दिइएको थियो ।

थाइल्यान्डको महिडोल विश्वविद्यालयमा जुलाई २५ र २६ मा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन यादव बैंकक गएका हुन् । यादव साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्