Logo

२१ अर्ब ९० करोड रुपैयाँको नयाँ विमान ‘मकालु’ नेपाल भित्रियो



साउन १०, काठमाण्डौ । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान ल्याएको छ । ए ३३०–२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

सम्बन्धित समाचार :

निगमले ल्यायो २१ अर्ब ९० करोडको वाइडबडी विमान

नयाँ विमानको नाम ‘मकालु’ राखिएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस्