काठमाडौं, १० साउन । अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच अहिले राति १०ः१७ बजे सहमति भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा सरकारी वार्ता टोलीले केसी पक्षसँग विभिन्न २२ बुँदे सहमति कायम गरेको हो । सहमति पत्रमा हस्ताक्षर भैसकेको छ । सहमति पत्रमा डाक्टर केसी आँफैले हस्ताक्षर गरेका छन ।
माथेमा आयोगकै प्रतिवेदन अनुसार सहमति भएको दाबी गरिएको छ । काठमाडौं उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनेगरि सहमति भएको हो । एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ।
सम्बन्धित समाचार :
केसी र सरकारी पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएरै छाड्यो, नेम्वाङ र पौडेलले दिए केसीलाई बधाई
आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने सहमति भएको छ। आमरण अनसनको २७ औँ दिनमा प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १५ औँ अनसन तोडेका छन्।
तस्विर : मुकुन्द कालिकोटे