Logo

नेपाललाई नेदरल्याण्डले दियो १ सय ९० रनको लक्ष्य, पारसको उत्कृष्ट प्रदर्शन



साउन १६, काठमाण्डौ । नेदरल्याण्डमा भएको पहिलो एक दिवशीय क्रिकेट प्रतियोगितामा नेपालले १ सय ९० रनको चुनौती पाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड सबै विकेट गुमाउँदै १ सय ८९ रनमा समेटियो । नेपालले नेदरल्याण्डलाई निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ३ बलमै अलआउट गर्यो । नेपालका लागी कप्तान पारस खड्काले सानदार चार विकेट लिए । उनले १० ओभरमा मात्र २६ रन खर्चेर चार विकेट लिएका हुन् । उनको चार विकेटको मद्दतले नेपालले नेदरल्यामन्डलाई सस्तैमा समेट्न सफल भयो ।

सम्बन्धित समाचार : 

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

ऐतिहासिक सफलतापछिको ऐतिहासिक दिन, जसका लागि सारा नेपालीले वर्षौ पर्खिए

त्यस्तै सोमपाल कामीले तीन विकेट लिदा, सन्दिप लामिछाने, करन केसी र बसन्त रेग्मीले समान एक(एक विकेट लिए। सोमपालले ४ ओभरमा ३४ रन खर्चे । १० ओभर बलिङ गरेको सन्दिपले ४२ रन खर्चदै एक विकेट लिदा, वसन्त रेग्मीले ८ ओभरमा २ रन खर्चदै एक विकेट लिए । त्यस्तै ७ ओभर बलिङ गरेका करन केसीले ३८ रन खर्चदै एक विकेट लिएका थिए । शक्ति गौचनले चार ओभर गर्दै १५ रन खर्चेका थिए ।

नेदरल्यान्डका माइकल रिप्पोनले अर्धसतकिय पारी खेले । उनले ७६ बल खेल्दै दुई चौकाको मद्दतमा ५१ बनाएका छन् । त्यस्तै बास द लिडेले ३० रन जोड्दा स्टेफन माइबर्गले २९, बेन कुपरले २०, कप्तान स्कट एडवार्डले १८, वेस्ले बारेसीले १२ र फ्रिद क्लासेनले ११ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्