Logo

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने !



काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसद एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अब बस्ने समितिको बैठकले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नगर्ने खुलासा गरेका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सांसद भट्टराईले यस्तो खुलासा गरेका हुन् । अब बस्ने समितिको बैठकले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णायक निर्णय लिईने उनको ठोकुवा छ ।

कांग्रेसले समितिको बैठक बहिष्कार गरे आफूहरुसँगपनि अन्तिम र महाअस्त्र रहेको उनले सुनाए । जोशीको नाम प्रधानन्यायाधीशमा अस्विकृत गर्ने तयारी गरेको नेकपाले अब कांग्रेसको निर्णय कुरिरहेको छ ।

यदि कांग्रेसले सुनुवाई समितिको बैठक बहिष्कार गरे आफूहरुले जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने पनि नेता भट्टराईले ठोकुवा गरे ।

समितिमा संलग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले प्रक्रियामा जोशीको नाम अनुमोदन गर्न भोटिंग गरिए समितिमा नरहनेगरि बहिष्कार गर्ने चेतावनी दिएपछि नेकपाका सांसद भट्टराईले आफूहरु जोशीविरुद्ध महाअभियोग लगाउने तयारीमा जुटेको बताएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीस जोशीको सम्बन्धमा निर्णय गर्न बसेको संसदीय सुनवाई समितिको बैठकले आजपनि निर्णय गर्न सकेन । अब आगामी शुक्रबार बस्ने बैठकबाट अन्तिम निर्णय गर्ने समितिका संयोजक लक्ष्मणलाल कर्णले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot