Logo

ओली-प्रचण्डको ग्रिन सिग्नल : प्रस्तावित प्रधानन्यायाधीश जोशीले बाजी मार्दै



काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधानन्यायाधीशमा अन्ततः बाजी मार्ने निश्चित् भएको छ । स्रोतका अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जोशीसँगको भेटवार्तामा प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्न ग्रिन सिग्नल दिएका छन् ।

आज बुधबार साँझ बसेको संसदीय सुनुवाइ समितिको बैठकले भने प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे कुनै निर्णय गर्न सकेन।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जोशीसँगको भेटमा आज सकारात्मक कुरा गरेका थिए । उनले जोशीलाई तपाईप्रति म सकारात्मक छु तर समितिलाई स्वविवेकले निर्णय गर्न छुट रहेको बताएका थिए ।

उता नेकपाकै अध्यक्ष प्रचण्डले पनि आफूपनि जोशीको नामप्रति सकारात्मक रहेको संकेत दिएका छन् । अब अर्को बैठक शुक्रबार बस्नेछ । समितिले यसअघि १० गते बिहिबार नै सुनुवाई गरेको थियो।

तर त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन। बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरू भएको थियो ।

नेकपा सांसद योगेश भट्टराईका अनुसार समितिको बैठकमा कांग्रेस सांसदले पार्टी्भित्र आन्तरिक छलफलपछि मात्र निर्णय लिने अडान लिएपछि बैठक सरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot