Logo

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण



साउन १७, काठमाण्डौ । हिजोसम्म नेपाल कम्युनिष्ट पार्टीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्विकृत गर्ने भनेको थियो ।

पार्टीको विभिन्न छलफल र बैठकमा नेकपाले जोशीलाई कुनै पनि हालतमा प्रधानन्यायाधी बनाउन नहुने अडान लिएको थियो । यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गर्न नमिल्ने तर्क गरेको थियो ।

सत्तापक्ष र प्रतिपक्षबीच एकमत हुन नसक्दा पटक पटक बैठक बसेको समितिले जोशीको बारेमा निर्णय गर्न सकेको छैन । अब शुक्रबार समितिको बैठक बस्दैछ । उक्त बैठकले जोशीलाई स्विकृत वा अस्विकृतको निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसअघि जोशीलाई अस्विकृन गर्नका लागि साम दाम दण्डभेद अपनाएको सत्तारुढ दल नेकपाभित्र यसबारे विवाद भएको छ । जोशीलाई अस्विकृत गर्दा राम्रो सन्देश नजाने भन्दे केही नेताहरुले शीर्ष नेताहरुलाई सचेत गराएका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संवैधानिक परिषदले नै जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हुनाले अहिले उनलाई अस्विकार गर्नु अस्वभाविक हुने बारे नेकपा भित्र बहस सुरु भएको छ ।

जनमतलाई मध्येनजर गर्दा पनि जोशीलाई स्विकार गर्नुपर्ने अवस्था आएको देखिन्छ । समितिभित्र जोशीको शैक्षिक प्रमाणपत्र त्रुटीपूर्ण भएको बारे छलफल भए पनि यसबारे उजुरी नै नपरेकाले शैक्षिक प्रमाणपत्रका आधारमा उनलाई अस्विकृत गर्न नहुने कतिपय नेताहरुको तर्क छ ।

जोशीलाई अहिले प्रधानन्यायाधीश नबनाए पनि उनी न्यायायाधीशका रुमाप सर्वोच्च अदालतमा रहिरहने भएकाले पनि सत्तारुढ दल पछि हट्नुपर्ने अवस्थामा पुगेको छ ।

न्यायाधीशको रुमपा जोशीलाई महाअभियोग लगाएर निलम्बन गर्न सकिने विकल्प रहन्छ । तर महाअभियोग नै लगाउनुपर्ने ठोस कारण नभएकाले यो कदम पनि सरकारका लागि घातक हुन सक्छ ।

यि सबै कुरा मध्येनजर गर्दै नेकपाभित्र जोशीलाई अस्विकृत गर्ने भनि गरिएको निर्णयलाई पुनर्विचार गर्न लागेको हो ।

सम्बन्धित समाचार : 

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी



प्रतिक्रिया दिनुहोस्

Screenshot