Logo

ओली र प्रचण्डलाई नारायणकाजीले झपारेपछि हलमा तालीको वर्षा



साउन १७, काठमाण्डौ । कार्यक्रम थियो, तुल्सी अमात्य स्मृति प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानकै कार्यालय च्यासलमा अमात्यको २१ औं स्मृतिमा आयोजित कार्यक्रममा

अतिथी थिए, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल साथमा नेकपाका नेता नारायणकाजी श्रेष्ठ ।

भयो के त ?

नारायणकाजी श्रेष्ठ निर्धारित समयमा नै कार्यक्रममा पुगे ।
तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ढिला पुगे ।

त्यसपछि श्रेष्ठ आक्रोषित भए ।

साढे १२ मा शुरु हुने भनी निम्ता दिइएको कार्यक्रममा ओली र प्रचण्ड साढे एक बजेसम्म पनि नआइपुगेपछि उनी आक्रोशित भएका हुन् ।

कार्यक्रममा दुई वक्ताले धारणा राखेपछि प्रचण्ड आइपुगे भने प्रधानमन्त्री ओली अझै ढिला पुगे ।

कार्यक्रम ढिला शुरु हुने देखिएपछि श्रेष्ठ कार्यक्रम छाडेर जाने तयारी गरेका थिए । तर आयोजकले मनाएपछि उनी मञ्चमै फर्किए ।

कार्यक्रममा प्रम ओली नआइपुगेपछि श्रेष्ठले सम्बोध गर्दै भने, ’यसरी हुँदैन, समयको ख्याल गर्नु र्पयो । अरुलाई घण्टौ कुराउने यसलाई सुधार गर्नु पर्छ । समयको महत्व ख्याल गर्नु र्पयो । स्थायी समितिको बैठक बाटै यसलाई निर्णय गराउनुपर्छ ।’ उनले प्रधानमन्त्री लाई समयको ख्याल गर्न पर्यो भन्नासाथ हल तालीले गुन्जिएको थियो ।

पछिल्लो समय श्रेष्ठ पार्टीप्रति असन्तुष्ट बन्दै गएका छन् । श्रेष्ठले हालै पार्टीका अध्यक्षसँग असन्तुष्ट जनाउदै प्रवक्तबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot