Logo

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)



साउन १७, काठमाण्डौ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले दिपकराज जोशी भोली नै प्रधानन्यायाधीशमा अनुमोदन हुने दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले प्रधानन्यायाधीशमा जोशीको विकल्प नभएकोसमेत बताए ।

संवैधानिक परिषदले सिफारिस गरिसकेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गर्न नमिल्ने बताए ।

जोशीलाई अस्विकृत गर्नु भनेको न्यायालयमाथिको आक्रमण हुने श्रेष्ठको तर्क छ । जोशीलाई अनुमोदन नगर्ने गरी कुनै प्रमाण फेला नपरेको श्रेष्ठले बताए ।

पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले संचारमाध्यम र सामाजिक संजालमा आएका कुरालाई समितिले प्रमाणको रुपमा लिन नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्