Logo

ओलीले दिए यस्तो ग्रिन सिग्नल, जोशी भोलि प्रधानन्यायाधीश बन्दै !



काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीसँग आज साँझपनि एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे भोलि शुक्रबार बोलाईएको संसदीय सुनुवाई विशेष समितिले टुँगो लगाउने छ । समितिको बैठकले निर्णय लिनुपुर्व राजनीतिक वृत्तमा अहिले व्यापक चर्चा तथा परिचर्चा चलिरहेको छ ।

स्रोतका अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले जोशीलाई भोलि बस्ने बैठकले जोशीकै पक्षमा निर्णय लिनेबारे ग्रिन सिग्नल दिएका छन् ।

सम्बन्धित समाचार :

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

दुई तिहाईले जोशीको नाम अस्विकृत भए वैधानिक नै हुन्छ : डा. ज्ञवाली

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अधिकारी

तर सत्तारुढ दल नेकपाकै सांसदहरु जो सुनुवाई समितिका सदस्य समेत रहेका छन उनीहरुले भने जोशीको नाम अनुमोदन नहुने बरु उनको विरुद्धमा महाअभियोग लगाउने जस्ता टिप्पणी गरिरहेका छन् ।

यस्तो बेलामा प्रधानमन्त्री ओलीले जोशीलाई भोलि समितिले लिने निर्णयबारे जोशीकै पक्षमा ग्रिन सिग्नल देखाएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच जोशीलाई नै प्रधानन्यायाधीश बनाउनेबारे साझा धारणा समेत बनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot