Logo

दिपकराज जोशीलाई के गर्ला संसदीय सुनुवाई विशेष समितिले ?



साउन १८, काठमाण्डौ । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन । अहिले केहीबेरपछि समितिको बैठक सिंहदरबारमा बस्दैछ ।

जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्ने मनस्थितिमा सत्तारुढ दलका सांसदहरु छन् । नेपाली कांग्रेसले यसबारे ठोस निर्णय नदिएकाले जोशीको अनुमोदनको मिति पर धकेलिँदै आएको छ । कांग्रेसकै निर्णय पर्खिइँदा समितिको बैठक तीन पटक सरिसकेको हो ।

विगतका बैठकमा जस्तै निर्णय प्रक्रियामा कांग्रेसले अल्झाइरहे जोशी विरुद्ध महाभियोगको प्रस्ताव ल्याइने संसदीय सुनुवाई समितिमा रहेका सत्तारुढ दलका सांसदले बताएका छन् । साउन १० गते नै सुनुवाइ सम्पन्न भए पनि निर्णय भएको छैन।

जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ । तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ भने प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ ।

बुधबारको बैठकमा निर्णय प्रक्रिया अघि बढाउने भनिए पनि कांग्रेसले असहमति राखेपछि प्रक्रिया रोकिएको थियो । बहुमतीय प्रक्रियाबाट गए समिति बैठक बहिष्कार नै गर्ने चेतावनी कांग्रेसले दिएको थियो ।

कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो ।

आजको बैठकमा समिति पूर्ण तयारीका साथ आएको छ वा छैन, त्यो बैठकपछि नै थाहा होला ।

जोशीलाई जसरी पनि प्रधानन्यायाधीश नबनाउने सत्तारुढ दल नेकपाको मनसायमा पनि ढुलमुल देखिएको छ । नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली रहेको संवैधानिक परिषदले जोशीलाई प्रधानन्यायधीशका लागि सिफारिस गरेका थिए ।

अर्कोतिर नेपालको इतिहासमै संसदीय समितिले प्रधानन्यायाधीशलाई अयोग्य भनेर अस्विकृत गरेको घटना अहिलेसम्म छैन । त्यसैले पनि जोशीलाई अस्विकार गर्दा सत्तारुढ दल नेकपा आलोचित हुने सम्भावना छ ।

सम्बन्धित समाचार : 

राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)

हामी रबर स्ट्याम्प होइनौँ, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल



प्रतिक्रिया दिनुहोस्

Screenshot