Logo

प्रधानन्यायाधीश जोशीबारे पार्टीले कुनै निर्देशन दिएको छैन : चन्द्र भण्डारी



साउन १८, काठमाण्डौ । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन । अहिले केहीबेरपछि समितिको बैठक सिंहदरबारमा बस्दैछ ।

जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्ने मनस्थितिमा सत्तारुढ दलका सांसदहरु छन् । नेपाली कांग्रेसले यसबारे ठोस निर्णय नदिएकाले जोशीको अनुमोदनको मिति पर धकेलिँदै आएको छ । कांग्रेसकै निर्णय पर्खिइँदा समितिको बैठक तीन पटक सरिसकेको हो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधानअनुसार बनेका समितिले जिम्मेवारीपूर्ण ढंगले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानन्यायाधीशबारे समितिले भन्दा पनि पार्टीले हस्तक्षेप गरेको भन्दै भण्डारीले आपत्ति प्रकट गरे ।

नेपाली कांग्रेसले जोशीबारे निर्णय गर्ने विषयमा कुनै निर्देशन नदिएको भण्डारीको दाबी छ ।

प्रधानमन्त्री केपी ओलीसहितको संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले रोक्न खोज्नु गलत भएको भण्डारीको तर्क छ ।

कम्युनिष्टहरु सरकारमा आएपछि विधिवत र कर्मवद्ध हुने कुरालाई पछाडि राखेर अदुरदर्शी नीति अपनाउन लागिएको भण्डारीको आरोप छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले हरेक घटनाहरुमा पार्टीहरु बोल्ने प्रवृत्ति हटाउनुपर्ने बताए ।

समिति सदस्यहरु दुई ध्रुवमा जिभाजित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् ।

१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ जना सदस्य छन् । जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले कर्णले गर्दै आइरहेका छन् ।

शैक्षिक प्रमाणपत्रमा किर्ते गरेको भन्दै विवाद बढेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ०७४ चैत १ गते राजिनामा दिएका थिए । पराजुलीको राजीनामा पछि वरिष्ठताको आधारमा जोशीले कायममुकायको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सम्बन्धित समाचार : 

दिपकराज जोशीलाई के गर्ला संसदीय सुनुवाई विशेष समितिले ?

राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)

हामी रबर स्ट्याम्प होइनौँ, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल



प्रतिक्रिया दिनुहोस्