Logo

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, यस्तो छ तयारी



साउन १८, काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय गर्न अहिले केहीबेरपछि समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

१० बजे नै बैठक बस्ने भनिए पनि केही बेर ढिला गरी बैठक सुरु भएको हो ।
आजको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि स्विकृत गर्ने वा अस्विकृत गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

तर प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष नेकपाबाट समितिमा रहेका सदस्यहरुबीच एकमत नहुँदा आज हुने भनिएको निर्णय पनि नहुने हो कि भन्ने आशंका छ ।

सत्तापक्षले सकेसम्म कांग्रेसलाई मनाएर सर्वसम्मत रुपमा जोशीलाई अस्विकृत गर्ने प्रयास गर्नेछ । यता कांग्रेस भने प्रधानमन्त्री केपी ओलीसहितको सवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई समितिले अस्विकृत गर्न नहुने अडान लिएको छ ।

कांग्रेसले अडान नछोडे दुई तिहाई बहुमतका आधारमा भए पनि आज निर्णय गर्ने सत्तापक्षको तयारी छ ।

सत्तापक्षसँग दुई तिहाई बहुमत भएकाले कांग्रेस नमानेको खण्डमा पनि निर्णय हुन सक्छ ।

सम्बन्धित समाचार : 

प्रधानन्यायाधीश जोशीबारे पार्टीले कुनै निर्देशन दिएको छैन : चन्द्र भण्डारी

दिपकराज जोशीलाई के गर्ला संसदीय सुनुवाई विशेष समितिले ?

राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)

हामी रबर स्ट्याम्प होइनौँ, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल



प्रतिक्रिया दिनुहोस्

Screenshot