Logo

जोशीलाई अस्विकार गर्दा प्रधानमन्त्री ओलीकै पद धरापमा, यस्तो छ तयारी



साउन १८, काठमाण्डौ । प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समिति बैठक सिंहदरबारमा बसिरहेको छ ।

आजको बैठकमा पनि प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्ष नेकपाबीच एकमत हुन सकेको छैन ।

समितिमा रहेका नेकपाका सदस्यहरु जोशीलाई प्रधानन्यायाधीशका लागि अनुमोदन नगर्ने पक्षमा छन् भने कांग्रेसले जोशीलाई नै अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । अर्कोतिर जोशीलाई अनुमोदन नगर्दा प्रधानमन्त्री केपी ओली संकटमा पर्ने देखिन्छ । किनकी ओलीसहितको संवधानिक परिषदले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारित गरेको थियो ।

यस्तो अवस्थामा सत्तारुढ दलले अहिलेका लागि जोशीलाई अनुमोदन गर्ने र लगत्तै महाअभियोग लगाएर हटाउने रणनीति लिन लागेको बुझिएको छ ।

यसअघि बुधबारको बैठकमा जोशीलाई अनुमोदन गर्नेरनगर्नेबारे कुरा आजको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो ।

शैक्षिक प्रमाण पत्र र कार्यसम्पादनलाई आधार मानेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू जोशीलाई अनुमोदन नगर्ने पक्षमा छन् ।

प्रधानन्यायाधीश सिफारिश जोशीको साउन १० गते संसदीय सुनुवाइ भएको थियो ।

सम्बन्धित समाचार : 

प्रधानन्यायाधीश जोशीबारे पार्टीले कुनै निर्देशन दिएको छैन : चन्द्र भण्डारी

दिपकराज जोशीलाई के गर्ला संसदीय सुनुवाई विशेष समितिले ?

राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)

हामी रबर स्ट्याम्प होइनौँ, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल



प्रतिक्रिया दिनुहोस्

Screenshot