Logo

११ दिने पाशुपत महोत्सवको शुभारम्भ



काठमाडौं, १८ साउन ।  पाथीभरा माता आध्यात्मिक प्रतिष्ठान नेपालले पशुपतिनाथको प्राङ्गण हँशमण्डपमा ११ दिने पाशुपत महोत्सवको शुभारम्भ गरेको छ ।

पशुपतिनाथका मूल भट्टबाट निकालिएको साइतमा सुरू भएको महोत्सव पूर्व प्रधानन्यायाधिश सम्माननीय कल्याण श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रमुख बाचक महापुराण आध्यात्मिक प्रवक्ता श्री चैतन्य कृष्णजी लगायत ११ जना पण्डितहरुबाट स्वस्ती शान्ति गरी, बाचन गरी ११ दिन नै होम रहने संस्थाका कोसाध्यक्ष डिल्ली राम उप्रेतीले जानकारी दिए ।

उनले भने ‘शिव महापुराण कार्यक्रममा शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, माताद्वारा हवन, रुद्राभिषेक, पूजा अर्चना, आदि कार्य पनि गरिने छ ।’

उनका अनुसार पाथीभरा माताले भगवान् पशपतिनाथको प्राङ्गणमा श्रावण महिनामा शिव महापुराण कार्यक्रमको आयोजना गर्ने सन्देश भएकोले सोही सन्देश पालना गर्ने सन्दर्भमा माताजीको सङ्कल्पमा विश्वकल्याण, राष्ट्रशान्ति, जनकल्याण, पितृ मुक्ति एवं प्रदेश नं. ३ मा पाथीभरा माताको मन्दिर निर्माण गर्ने बताए ।

शिव महापुराण कार्यक्रम आज १७ गते बिहीबार बिहान ५:५५ बजे शुरू भएको थियो । यही २८ गते समापन हुने कोसाध्यक्ष उप्रेतीले बताए ।



प्रतिक्रिया दिनुहोस्