Logo

जोशीले कामुबाट राजिनामा नदिने बरु महाअभियोग फेश गर्ने !



काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम अस्विकृत गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।

समितिले जोशीको नाम अस्विकृत गरेपनि उनले आफू राजिनामा नदिने अन्तिम तयारीमा रहेको खुलासा गरेका छन् । स्रोतले भन्यो,”श्रीमान दिपक जोशीज्यू एउटा निर्णयमा पुग्नुभयो । उहाँले अब कामु प्रधानन्यायाधीशबाट राजिनामा नदिने मनशाय बनाउनुभएको छ ।”

सम्बन्धित समाचार :

सुनुवाई समितिको निर्णयले स्वतन्त्र न्यायलयमा हस्तक्षेप : नेपाल बार एशोसिएसन

संवैधानिक परिषद्बाट योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

कांग्रेसले सुनुवाई समितिको बैठक किन गर्यो बहिष्कार, यस्तो छ कारण

काँग्रेस सदनमा प्रस्तुत हुने नयाँ रणनीति बनाउँदै

जोशीले महाअभियोगको प्रस्ताव फेश गर्छु भनेर आफू निकटसँग बताएका छन् । स्रोतका अनुसार जोशी अब कामु न्यायाधीश नै भैरहने र सरकारले महाअभियोग लगाए फेश गर्ने पूर्ण मनशाय बताएका छन् ।

आफूलाई जुन कारण र आधार देखाएर अस्विकृत गरिएका छन्, ती सबै गलत र त्यसमा कुनै सत्यता नभएको जोशीको ठम्याई छ।



प्रतिक्रिया दिनुहोस्