Logo

Breaking News: नेपालद्धारा नेदरल्यान्ड्स १ रनले पराजित



काठमाडौं, १८ साउन । नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल एक रनले विजयी भएको छ।

यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ। नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो।

उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए। यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्