Logo

दिपकराज एक्लो होइनन्, यस्तो छ विवादित प्रधानन्यायाधीशहरुको सुचि



साउन १९, काठमाण्डौ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भएर पनि दीपकराज जोशी प्रधानन्यायाधीश बन्न सकेनन् । उनको नाममा ठूलै विवाद भयो । न्यायालय क्षेत्रको लागी यस्तो विवाद नयाँ भने होइन । यसअघि पनि नेपालको न्यायालय क्षेत्रमा विभिन्न विवाद देखिएका थिए ।

लोकतन्त्र स्थापनापछि सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्ने प्राय सबैजसो पात्रहरु विवादित बनेका उदाहरण छन् । वि.स २०६२–६३ को जनआन्दोलनपछि ०६३ माघ १ मा जारी भएको अन्तरिम संविधानले पहिलोपटक न्यायाधीश, प्रधानन्यायाधीशको संसदीय सुनुवाइ गर्ने व्यवस्था गरेको थियो ।

त्यसपछि न्यायाधीश, प्रधानन्यायाधीशहरु राजनीतिक दलको गोटि बन्दै विवादमा तानिन थालेका हुन् । सार्वजनिक सुनुवाइको व्यवस्थाले घुमाउरो शैलीमा नेताको ढोका ढक्ढकाउन बाध्यता सिर्जना गरिदिएको विश्लेषणसमेत हुन थालेका छन् ।

विगतमा विवादित प्रधानन्यायाधीशहरु :

खिलराज रेग्मी  :

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी देशको कार्यकारी प्रमुख बनेसँगै ठूलो विवादको जन्मियो । संविधानसभाको दोस्रो निर्वाचन गराउन उनको नेतृत्वमा सरकार बनाइएपछि न्याय र राजनीतिलाई जोडेर उनको प्रशस्त आलोचना भयो ।

दामोदर शर्मा :

खिलराजपछि सर्वोच्चको नेतृत्वमा आएका दामोदर शर्माको इतिहास पनि बेदाग बन्न सकेन । साधु प्रधानन्यायाधीशका रूपमा सर्वाेच्चको नेतृत्वमा छिरेका दामोदर शर्मा आर्थिक मामिलामा बदनाम भएर निस्किएका थिए ।

रामकुमार साह :

न्यायालयको इतिहासमा रामकुमार हाकको कार्यकाल पनि विवादमुक्त भएन । दूरसञ्चार प्राधिकरणको मुद्दाबाट विवादमा तानिन थालेका उनी कार्यकालभर नै आफ्ना फैसलाबाटै लखेटिइरहे । पूर्वयुवराज्ञी प्रेरणा शाहको जग्गा विवाद मुद्दाबाट पनि उनी आलोचित बने ।

कल्याण श्रेष्ठ :

सुरुमा कल्याण श्रेष्ठलाई धेरैले स्वच्छ छविको रूपमा चित्रण गरे । कार्यकालको अन्तिम समयमा सर्वोच्चमा गरेको पदपूर्तिमा पूर्वसांसदका लागि ढोका खुला गरेपछि सर्वाेच्चमा राजनीति भित्र्याएको आरोप उनलाई लाग्यो । कतिपयले विश्वनाथ उपाध्यायले सुरु गरेको न्यायालयको राजनीतिक गोरेटोलाई कल्याणले थप संस्थागत गरेको बताए ।

सुशीला कार्की :

सुशीला कार्की पदमा मात्र नभई अवकाशपछि समेत उत्तिकै चर्चा र विवादमा छिन् । पदमा रहँदा महाअभियोग प्रस्ताव दर्ता हुँदादेखि अवकाशपछि महाअभियोगमा आफूलाई बचाउने दलको विरोध गरेसम्म उनी चर्चा र विवादको विषय बनिहिन् । सर्वाेच्च नेतृत्वमा रहँदा महाअभियोगलगायतका कारणले चर्चामा आएकी कार्की सर्वोच्चबाट बाहिरिएपछि आफ्नै प्रस्तुतिका कारण विवादमा आउने गर्छिन् ।

गोपाल पराजुली :

गोपाल पराजुली सबैभन्दा बढी विवादस्पद पात्र हुन् । उनको जन्ममिति मात्र विवादमा आएन, आर्थिक विषय जोडिएका फैसला उत्तिकै विवदित छन् । उनी सार्वजनिक रूपमै सबैभन्दा बढी आलोचित छन् । उनको शैक्षिक प्रमाणपत्र र उनले गरेका निर्णयविरुद्ध डा. गोविन्द केसी अनसन नै बसेका थिए । जन्ममिति विवादमा न्यायपरिषद सचिवले नै अवकाश हुने निर्णय गरेपछि उनले गत चैत १ गते राजीनामा दिए ।

दीपकराज जोशी :

सार्वजनिक सुनुवाइ समितिबाट इतिहासमै पहिलोपटक अस्वीकृत भएका दीपकराज जोशी प्रधानन्यायाधीश नहुदै अहिले विवादको घेरामा छन् । अघिल्ला न्यायाधीशहरु भने प्रधानन्यायाधीश बनेपछि मात्र विवादमा आएका थिए । सामान्यतः न्यायाधीशको आचरणविपरीत राजनीतिक दलको स्वार्थमा चल्दा बिबाद आउने यस क्षेत्रका विज्ञहरु बताउछन् । कतिपयले संवैधानिक अगंमा नियुतmी गर्ने प्रकिया नै गलत भएकाले यसलाई परिवर्तन गनुपर्ने बताएका छन ।



प्रतिक्रिया दिनुहोस्