Logo

अबको प्रधानन्यायाधीश को ? मिश्र कि राणा, कि अरु नै !



साउन १९, काठमाण्डौ । संघीय संसदको सार्वजनिक विशेष सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोसीलाई अस्वीकार गरेपछि अव प्रधानन्यायाधीश को बन्ने भन्नेवारे बहस सुरु भएको छ ।

जोशीपछि वरिष्ठतामा ओमप्रकाश मिश्र र चोलेन्द्र समसेर राणा रहका छन । मिश्र बरिष्ठतामा दोश्रो नम्वरमा भएका कारण मिश्र नै भावी प्रधानन्यायाधीश हुने संभावना बढेको छ ।

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपनि कामु प्रधानन्यायाधीशमा जोशी नै यथावत रहने भएको छ । अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म जोशी यथावत हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ । संविधानको धारा १२९ को उपधारा ६ मा उल्लेख छ । तर नैतिकताका आधारमा जोशीले राजिनामा दिएको खण्डमा प्रधानन्यायाधीश पद खाली हुनेछ ।

जोशीको अस्वीकृतसंगै नयाँ प्रधानन्यायाधीश को होला भन्ने उत्सुकता बढेको छ । अब नयाँ प्रधानन्यायाधीशको लाइनमा ओम प्रकाश मिश्र छन् । न्याय परिषदले यसअघि नै जोशीसहित मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । शैक्षिक प्रमाणपत्र लगायत विवादमा मुछिएका जोशी प्रधानन्यायाधिशबाट अस्वीकृत भएपछि अब प्रधानन्यायाधिश को हुने भन्ने अन्योलसमेत देखिएको छ । आजसम्म यसरी सिफारिस भएका प्रधानन्यायधीशलाई सुनुवाइ समितिले पनि अनुमोदन गथ्र्यो ।

यसपालि भने समितिले दुई तिहाइ मतका आधारमा परिषद्को सिफारिसलाई अस्वीकृत गरेको छ । जोशी अस्वीकृत भएसँगै ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर राणाको नाम प्रधानन्यायाधिशको लागि चर्चामा छ । संवैधानिक परिषद्ले अब यीनै दुईमध्ये एक जनालाई प्रधानन्यायाधीश सिफारिस गर्न सक्छ ।

मिश्र प्रधानन्यायाधीश भएमा उमेरहदका कारण आउँदो पुससम्म मात्र जिम्मेवारी सम्हाल्ने छन् । संवैधानिक ब्यावस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका बरिष्टतम न्यायाधिस प्रधानन्यायाधीशका लागि योग्य मानिन्छन ।

यस क्रममा वरिष्टतम न्यायाधीस ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर राणाले मात्र तीन वर्ष पार गरेका छन । मिश्र र राणा दुवै प्रधानन्यायाधीशका लागि योग्य मानिन्छन । बरिष्ठतामा जोसी पछि मिश्र दोश्रो नम्वरमा भएकोले उनी पनि जोसी जस्तै फोहोरी राजनीतिको कोपभाजनमा परेनन भने संभवत नेपालको न्याय प्रणालीको नेतृत्व मिश्रको काधमा आउने छ ।

प्रधानन्याधिस बन्ने उनको लागि अर्काे सहज बाटो के छ भने उनी डेमोक्रयाट पृष्ठभुमिका भएकाले विपक्षी दल कांग्रेसको साहानुभुति पनि उनलाई प्राप्त हुन सक्छ । यसैगरी उनी मधेशी समुदायका भएकाको र मधेश केन्द्रीत दल सत्तामा साझेदार भएकाले उनको प्रधानन्यायाधिस बन्ने यात्रा सहज हुन सक्ने अनुमान गरिएको छ । त्यसपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको लाइनमा छन् । जबरा नियुक्त भएको खण्डमा साढे तीन वर्ष प्रधानन्यायाधीश हुनेछन् । त्यसपछि भने दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की लगायत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot