Logo

दिपकराज जोशीले भने : १५ दिनपछि टेन्शनमुक्त भएर अदालत जान्छु



काठमाडौं, २० साउन । आजदेखि कामु प्रधानन्यायाधीश दिपकराज जोशी बिदामा बसेका छन् । जोशी विदामा बसेपछि अर्का न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेको कामु प्रधानन्यायाधीश जोशी आजदेखि दुई हप्तासम्म विदामा बस्ने भएका हुन् । उनले आफू निकटहरुसँग भनेका छन्,‘म १५ दिन रिल्याक्समा बस्छु, टेन्शनमुक्त भएपछिमात्रै अदालत जान्छु । अहिले म आराम गर्छु।’

जोशीले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले जोशीको विदा बस्ने निर्णयको स्वागत गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्