Logo

साइबर अपराध बढ्यो, १२ देखि ४५ वर्ष उमेर समूहका मानिसको संलग्नता



साउन २०, काठमाण्डौ । काठमाडौँ उपत्यका लगायत देशका मुख्य शहरहरुमा साइबर अपराधका घटना बढ्दै गएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा यससँग सम्बन्धित अपराध पनि बढेको हो । साइबर अपराधमा १२ वर्षदेखि ४५ वर्ष उमेर समूहका मानिसको संलग्नता बढि रहेको छ ।

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनी परिभाषा गरेको छ । तर कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपराधको संख्या घट्न सकेको छैन ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा र्पुयाउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ । नेपालमा फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतका माध्यमबाट साइबर अपराधका घटना बढ्न थालेको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता नरेन्द्र प्रसाद उप्रेतीले बताए ।

विभिन्न सामाजिक सञ्जाल मार्फत अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने एसएमएस गरेर चिट्टा प¥यो भनेर ठगी गर्ने र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या हुने जस्ता अपराध बढिरहेको छ । साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै १२ वर्षदेखि ४५ वर्ष उमेर समूहका मानिस रहेको प्रवक्ता उप्रेतीको भनाई छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । लगभग सबैजसो जनताले दूरसञ्चार सेवा लिएका छन् । डिजिटल डिभाइसहरुको प्रयोग पनि बढ्दो छ । दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढिरहँदा यसको दुरुपयोगका घटना पनि बढिरहेका छन् ।

यस आलेखमा चर्चा गर्न खोजिएको विषय भनेको साइबर अपराध र यसले निम्त्याएको जटिलता हो । नयाँ प्रविधीसँगै यसको दुरुपयाोग पनि उत्तिकै वृद्धि भएको छ । सरकारले नयाँ प्राविधिको विकास गरि यसको जघन्य अपराध हुनबाट जोगाउन वेलैमा ध्यान दिनु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot