Logo

काठमाडौं उपत्यकाको शान्ति सुरक्षा अत्यन्तै सुदृढ छ : डिआईजी न्यौपाने (भिडियोसहित)



काठमाडौं, २१ साउन । महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा अत्यन्तै सुदृढ रहेको बताएका छन् ।

सोमबार साँझ प्राईम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआईजी न्यौपानेले यस्तो बताएका हुन् । उनले भने,”काठमाडौं उपत्यकाको शान्ति एवम् सुरक्षा सुदृढ छ । कुनै चूनौति छैन ।”

गृहमन्त्री रामबहादुर थापाले हालै ल्याएको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संगठनका बुँदे प्राथमिकता नै आफूहरुको योजना र प्राथमिकता भएको उनको भनाई छ । उनले भने,”यसैलाई कार्ययोजना बनाएर काम गर्ने हो ।”

प्रहरी संयन्त्रको परिचालन चुस्त दुरुस्त भएको उनले बताए । यद्धपी उनले समस्या र चूनौतिहरु भने केही रहेको पनि जिकिर गरे । उनले भने, “समस्या र चूनौतिहरु हुन्छन् । तर, यी सबैलाई मुकाबिला गर्ने हो । प्रत्येक दिन अपराधिक चूनौतिहरु बढ्दै जान्छन् । ती चूनौतिहरुलाई कसरी जरैबाट निर्मुल पार्ने भनेर हामी लागिपरेका छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot