Logo

हरेक वर्ष जल्छन् ५० हजार नागरिक, सरोकारवाला चिन्तित(भिडियोसहित)



साउन २२, काठमाण्डौ । नेपालमा प्रत्येक वर्ष ५० हजार मानिस आगलागिबाट घाइते हुने गरेका छन् । विशेषगरी गर्मीयामको सुरूवातसँंगै आगलागीका घटनाहरू बढि हुने गर्दछ । नेपालीहरू जब समस्यामा पर्छ तब मात्र समाधानको उपायतर्फ सोच्ने गर्छन् । बेलैमा क्षेति न्युनिकरणको उपाय अपनाउन सरोकारवालाले जोड दिएका छन् ।

विशेषगरी गर्मीयामको सुरूवातसँंगै आगलागीका घटनाहरू बढि हुने गर्दछ । नेपालीहरू जब समस्यामा पर्छ तब मात्र समाधानको उपायतर्फ सोच्ने गर्छन् । विभिन्न प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वसतर्कता आवश्यक पर्छ । तर मौसम अनुसार हुने विभिन्न खाले प्राकृतिक प्रकोपका बारेमा र जोखिम कम गर्न पूर्वतयारी गरिएको हुँदैन ।

त्यसैले घर तथा भवनमा लाग्ने आगलागिबाट धेरै जनधनको क्षति हुने गरेको छ । नेपालमा आगोले जलेर घाइते हुने र मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न जनचेतनाको खाँचो रहेको सरोकारवालाले जोड दिएका छन् । नेपाल अग्नि जलन समाज नेपालले मंगलबार काठमाडौमा आयोजना गरेको अग्नी जलन सुरक्षा बिषयक अन्तक्र्रियामा उनीहरुले जलेर घाइते हुदा समयमा नै प्राथमिक उपचार नपाउनाले क्षती बढ्दै जाने जोखिम रहेको बताए ।

कार्यक्रममा समाजका महासचिव बरिष्ट बालसर्जन रामनन्दनप्रसाद चौधरीले अग्नी जलनका कारण हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्नका लागि समाजले बिद्यार्थी केन्द्रित जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताएका थिए । अग्नि जलनबाट बच्नका लागि आवश्यक तालिम र चेतनामूलक सामग्री प्रसारण गरी सचेत गराउन आवश्यक रहेको उनको तर्क थियो ।

नेपालमा प्रत्येक वर्ष ५० हजार मानिस आगाले जल्ने समस्यामा परेको र त्यसमध्ये पाँच प्रतिशत अपाङ्ग र चार प्रतिशत मर्ने गरेकाछन् । त्यस्तै बालबालिकमा हुने जलन मध्ये ७० प्रतिशतको मत्यु वा शारिरीक अशक्तको शिकार हुने गरेको छ ।

फागुनदेखि जेष्ठसम्म हुने मौसमी गर्मी तथा तापक्रम बृद्दि, लाहापरवाही र आगोलाई सानो गल्तिको रुपमा लिने कारणले आगलागिका घटना बढी हुने गरेका छन् । ग्रामिण भेगमा वन क्षेत्रको आगलागिले क्षति पुर्याउने गरेको छ भने शहरी क्षेत्रमा घर, उद्योग, ठूला भवन लगायतका संरचनामा आगलागि हुने गरेको छ । आगो लागिसकेपछि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायको मात्र भर पर्नु, आगो निभाउने उचित सामाग्री तथा जनशक्तिको अभाव लगायतका कारणले पनि आगलागिबाट क्षति धेरै हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्