Logo

सरकार ! विकास निर्माण विदेशीका लागि मात्रै हो ? अरु बेला किन हुँदैन काम ?(भिडियोसहित)



साउन २२, काठमाण्डौ । काठमाण्डौ उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा विजुली, केवल, टेलिफोन जस्ता सेवा वितरण राम्रोसँग नगरिदा तारको समस्या देखिएको छ ।

अव्यवस्थित रुपमा टाँगिने तारले शहरको सुन्दरता घटाउने मात्रै होइन, दुर्घटनासमेतट बढाउने गरको छ ।

सरकारले जनताको हितमाभन्दा पनि आफ्नो स्वार्थका लागि मात्र काम गर्दा जनताले भोगेका पीडा ज्यूँका त्यूँ छन् ।

अरुलाई देखाउने प्रवृत्ति विगतदेखि नै थियो । केही वर्षअघि सम्पन्न सार्क सम्मेलनमा काठमाण्डौ सहर कसरी सिंगारिएको थियो भन्ने धेरैलाई थाहा छ ।

विदेशका राष्ट्रप्रमुख वा उच्च तहका व्यक्ति नेपाल आउँदा गरिने सरसफाइ र हतारको काम पनि सबैले देखेकै हो ।

अहिले त्यस्तै दृश्य देखिन थालेको छ । आगामी भाद्रको दोश्रो साता काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेष्टेक) बैठक हुँदैछ ।

बैठकलाई मध्यनगर गर्दै काठमाडौ उपत्यकामा तार व्यवस्थापनको कार्यको सुरुवात गरिएको छ ।

काठमाण्डौ उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा विभिन्न प्रयोगका लागि टांगिएका तार अस्तव्यस्त हुने गरेको छ । काठमाण्डौमा त झन तारको समस्या झन धेरै छ । विजुली, केवल, टेलिफोन जस्ता सेवा वितरण राम्रोसँग नगरिदा तारको समस्या देखिएको छ । आगामी भाद्रको दोश्रो साता काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेष्टेक) बैठकलाई मध्यनगर गर्दे काठमाडौ उपत्यकामा तार व्यवस्थापनको कार्यको सुरुवात गरिएको छ ।

काठमाडौ महानगरपालीका, नेपाल बिद्युत प्राधिकरण, नेपाल टेलिकम, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल केवल टेलिभिजन महासंघ लगाएतको सहकार्यमा पहिलो चरणमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलदेखि चूच्चेपाटीको ह्यात होटलसम्म र अन्तराष्ट्रिय बिमानस्थलदेखि सोल्टीमोडको होटल सोल्टीसम्मको सडकको तार व्यवस्थापन कार्य सुरु गरिएको हो ।

टेलिफोन, ईन्टरनेट विद्युत र केबलका तार बाहिर छरपष्ट अबस्थामा रहेको र यसका कारण शहरको सौन्दर्यता बिग्रिएको र यसले बिमेष्टेकमा सहभागी हुन आउने बिदेशी पाहुनामा नकारात्मक असर पर्ने भएकाले तार व्यवस्थापनको कार्य सुरु गरिएको महानगरपालीकाले जनाएको छ । नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले अहिले बिमानस्थल केन्द्रीत तार व्यवस्थापनको कार्य सुरु गरिएको जानकारी दिए ।

यसअघि पहिलो चरणमा माईतिघर क्षेत्रबाट तार व्यवस्थापनको कार्य सम्पन्न गरिएको थियो । यसअघि पनि विद्युत् र टेलिफोनको खम्बामा रहेका आ–आफ्ना तारको पहिचान गरी स्टिकर लगाउन सरकारले केवल टेलिभिजन र केवल इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

जथाभावी तारहरु टाँगिएकाले सहरको सौन्दर्यतामा असर पुगेको, पर्यटन क्षेत्रमा नकारात्मक असर परेको, पोलहरु ढल्ने, करेन्ट लाग्ने भई दुर्घटनाको अवस्था सिर्जना भएको तथा केवल टिभी र इन्टरनेट सेवा प्रदायकको अनुगमन गर्न बाधा परेको विषय पटक पटक उठ्दै आएको छ । तर व्यवस्थापनका लागि भने काम हुन सकेको छैन ।

काठमाण्डौमा ठूला र महत्वपूर्ण कार्यक्रम हुन लागेमा अल्पकालिन व्यवस्थापनको उपाय खोज्ने गरिउको छ । तर दीर्घकालिन रुपमा समस्या समाधान गर्नतर्फ सम्बिन्धत निकाय असफल देखिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्