Logo

ओलीले न्यायपालिकामाथि अतिक्रमण गरेको कांग्रेसको निष्कर्ष



काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्य समिति बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकामाथि अतिक्रमण गरेको बैठकले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने र आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेको कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको निष्कर्ष निकालेको हो।

कांग्रेस पार्टी कार्यलय सानेपामा बैठकले सो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेसले आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्