Logo

अब केन्द्र र प्रदेशबीच हतियारसहितको युद्ध सुरु हुन्छ : लिङ्देन



काठमाडौं, २४ साउन । संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो अधिकार प्राप्तिका लागि आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायत विभेदमा परेकाहरुले संयुक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘रेशमलाल चौधरीले चुनाव जिते, तर अहिलेसम्म उनी जेलमै छन् । हाम्रा साथीहरुपनि थुप्रै जेलमा छन् । मधेश आन्दोलनका बेला थुप्रै मधेशी जनताहरुलाई झुठा मुद्दा लगाएर जेलमा कोच्ने काम भएको छ ।’ सरकारले विभेदमा परेकाहरुसँग गरेको पटक–पटक गरेका सम्झौताहरुको अक्षरश पालना गर्नुपर्ने उनको माग छ ।

प्रदेश सरकारले आज आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक विदा घोषणा गरेपनि त्यहाँको प्रशासनले नमानेको सुनाउँदै उनले आक्रोश पोखे,‘अब केन्द्र र राज्यबीच हतियारसहितको युद्ध सुरु हुन्छ।’



प्रतिक्रिया दिनुहोस्