Logo

जुरे पहिरो कहिलेसम्म ? यस्तो छ यात्रुलाई सास्ती (भिडियोसहित)



साउन २४, काठमाण्डौ । सिन्धुपाल्चोकको जुरे क्षेत्रको सडक संवेदनशील मानिन्छ । कारण हो, वर्षा याम लागेसँगै जाने पहिरो । यो वर्ष पनि जुरेमा गएको पहिरोबाट अरनिको राजमार्ग पटक पटक अबरुद्ध भएको छ । जुरेको पहिरोले यातायात सेवा संचालन हुन सक्दैन । पहिरोले झण्डै ५ सय मिटर दुरीको सडक विगारेको छ । यातायात आवत जावात बन्द हुँदा हजारौ यात्रुहरु अलपत्र पर्ने गरेका छन् ।

सिन्धुपाल्चोकको माङ्खा गाविस स्थित जुरेमा गएको पहिरो बाट अरनिको राजमार्ग पटक पटक अबरुद्ध हुने गरेको छ । जुरे पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु विच बाटोमा अलपत्र पर्ने गरेका छन् ।

एक पटक यो दृश्य हेर्नुहोस् :

https://www.youtube.com/watch?v=Nf0GSgqOLEE&feature=youtu.be

वर्षायाममा पर्ने पानीले जुरे क्षेत्रमा पहिरो जाने गरेको छ । यस वर्ष पनि अवस्था त्यस्तै छ । यो सडकखण्डमा यात्रा गर्ने यात्रु कुन बेला पहिरोको सिकार हुन्छन् र यात्रा अलपत्र पर्छ, ठेगान छैन । दुई पांग्रे सवारी साधन प्रयोग गर्नेको सास्ती झन दयनीय छ । पहिरो पूर्ण रुपमा रोक्न नसकिए पनि नियन्त्रण गर्न सकिन्छ ।

तर सम्बन्धित निकाय केही गर्न सक्दैन । पहिरो गएपछि डोजर लगेर बाटो खोल्ने बाहेकको अरु कामप्रति सरकारले वेवास्ता गर्ने गरेको छ । यो सडक पार गरेर यात्रा गर्ने यात्रुहरुलाई आफ्नो गन्तव्यमा कहिले पुग्ने ? अझै कति दिन लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको छ । पहिरोका कारण गाडी सञ्चाचलन प्रभावित हुँदा काठमाडौबाट अन्यत्रा आउने जाने यात्रु प्रभावित हुने गरेका छन् ।

अरनिको राजमार्ग हुँदै राजधानी काठमाडौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा लगायतका जिल्लाहरुमा सवारी साधन आवातजावात अबरुद्ध भए पछि सयौ यात्रुहरु मर्र्कामा परेका छन् । त्यसैले सरकारबाट जनताले झुटा र खोका्र आश्वासन चाहेका होइनन्, सुविधा खोजेका हुन् । यात्रुहरु आफ्नो ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यतामा छन् । सरकारले चासो देखाएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot