Logo

महन्त ठाकुरलाई भेट दिएनन प्रधानमन्त्री ओलीले



काठमाडौं २५ साउन । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन्। उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको गुनासो पोखेका थिए।महन्थले सोमबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए। सोमवार प्रधानमन्त्रीले समय नदिएपछि मंगलबार प्रधानमन्त्रीलाई भेट्न एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

त्यसको भोलिपल्ट उनले अध्यक्षमण्डलको बैठक बोलाएका थिए। बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।

बैठकपछि बुधवार नै अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई भेटी आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए। यसका लागि उनीहरूले प्रधानमन्त्रीसँग समय पनि मागेका थिए तर प्रधानमन्त्रीले बुधबार समय दिएनन्। बिहीबार समय दिने आश्वासन प्रधानमन्त्रीका सहयोगीले नेताहरूलाई दिएका थिए तर बिहीबार पनि उनले समय दिएनन्।

शनिबार मात्र प्रधानमन्त्रीले समय दिने आश्वासन दिएको राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए । उनले भने, ‘प्रधानमन्त्रीको सचिबालयले शनीवार समय दिने जनाएको छ । संयोजक ज्यु (ठाकुर)ले त आजै (बिहीबार )नै प्रधानमन्त्रीलाई भेट्न खोज्नुभएको थियो। ’ शनीवार पनि प्रधानमन्त्रीलाई भेट्ने,नभेट्ने निश्चित नभएको उनले गुनासो पोखे।



प्रतिक्रिया दिनुहोस्