Logo

आगामी मंसिरमा नेवि संघको महाधिवेशन गराउँछु : अध्यक्ष महर



साउन २६, काठमाण्डौ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी मंसिरमा महाधिवेशन गर्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महरले संघभित्र सामान्य असन्तुष्टी भए पनि सफलतापूर्वक महाधिवेशन गर्ने तयारीमा आफू रहेको बताए ।

अबको केही दिनभित्रमा नै महाधिवेशनको मिति तय हुने महरले बताए ।

“विधान अनुसार मंसिरमा महाधिवेशन सम्पन्न गर्छु । नेविसंघभित्र कुनै पनि पक्ष–विपक्ष छैन । केही साथीहरु महाधिवेशनबाट भाग्न खोजेका थिए । तर माहाधिवेशको अर्को कुनै विकल्प नभएकाले भागेर सुखै छैन ।” महरले भने ।

पार्टीभित्रको गुटबन्दीको सिकार नेपाल विद्यार्थी संघ पनि हुनुपरेको महरले बताए । तर अहिले महाधिवेशको वातावरण सृजना भइरहेको उनले बताए ।

आफू नेविसंघको अध्यक्ष भएपछि धेरै प्रभावकारी काम गरेको महरको दाबी छ । अब हुने महाधिवेशनपछि नेविसंघ थप बलियो बन्ने र माउ पार्टी कांग्रेसलाई पनि शक्तिशाली बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने महरको तर्क छ ।

सम्बन्धित समाचार :

महाधिवेशन विथोल्ने खेलमा नेविसंघ अध्यक्ष महर, काफ्ले समुहले दियो चेतावनी

नेपाल विद्यार्थी संघ फुटको संघारमा, मेलमिलाप दिवसका दिन छुट्टाछुट्टै कार्यक्रम

विद्यार्थी संघमा चर्कियो विवाद, अध्यक्ष महरविरुद्ध असफलताको आरोप, समानान्तर समिति बनाउने तयारी

महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

१२ औं महाधिवेशनको तयारीमा नेविसंघ, सम्पर्क कार्यालय स्थापना



प्रतिक्रिया दिनुहोस्

Screenshot