Logo

आफूले खटाएको ठाउँमा शतप्रतिशत कर्मचारी पुगेको मन्त्री पण्डितको दाबी



साउन २६, काठमाण्डौ । संघीय मामला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्रले सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पण्डितले अहिले नयाँ परिवेशमा जानु परेकाले केही अप्ठ्यारो परे पनि आफू सरकार र कर्मचारीबीचको समन्वय गराउनमा केन्द्रित भएको बताए ।

आफूले खटाएको ठाउँमा शतप्रतिशत कर्मचारी पुगेको मन्त्री पण्डितको दाबी छ । प्रदेश अन्तरगत रहने द्धितिय श्रेणीमा रहने सम्पूर्ण कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिने निर्णय गरिएको मण्डितले जानकारी दिए ।

निजामति सेवा ऐन पनि पारित हुने प्रक्रियामा रहेको उनले बताए । करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई उनले शंशकित नहुन आग्रह गरे । कार्यालयको आवश्यकता रहेसम्म कसैलाई पनि नहटाइने पण्डितले बताए । तर परराष्ट्र मन्त्रालयअन्तरगतका कर्मचारी हटाइएको बारे भने आफूलाई जानकारी नभएको उनले बताए ।

परराष्ट्र मन्त्रालयले आफ्नो आवश्यकताअनुसार कर्मचार समायोजन गर्दा आफूले हस्तक्षेप गर्न नमिल्ने पण्डितको भनाई छ ।

सम्बन्धित समाचार :

लालबाबु पण्डितको बदलिदो छबी, पत्रकारमाथि लगाए यस्तो आरोप

खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर पठाउँछु : मन्त्री पण्डित

कर्मचारीलाई जेल हाल्ने लालबाबु पण्डितको यस्तो छ योजना(भिडियो)

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो-लालबाबु र रघुवीर असफल, कोको भए सफल ?



प्रतिक्रिया दिनुहोस्

Screenshot