Logo

‘दोस्रो’ जनयुद्धको संकेत ! चुनौती विप्लव, समाधान के?



साउन २६, काठमाण्डौ । सरकार र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच दूरी बढ्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै निर्देशनमा विप्लव पार्टी प्रति कठोर नीति अवलम्बन गर्ने सरकारी कदमका कारण यो दूरी झनै बढ्ने आँकलन गरिएको छ । सरकार नेत्र ब्रिकम चन्द विप्लव नेतृत्वको नेकपा माथि पछिल्लो समय आक्रामक हुँदै गएको हो । विप्लवको पार्टीका गैरकानुनी गतिविधि समयमै नियन्त्रण नगरे भविष्यका लागि खतरा हुनसक्ने भन्दै उक्त पार्टीमाथि दबाब बनाउने योजनामा सरकार लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव पार्टीप्रति संकेत गर्दै पटक पटक हिंसा सैह्य नहुने बताउँदै आएका छन् । गैरकानुनी काम नगर्न पनि उनले भन्दै आएका छन् । रिपोर्टर्स क्लबको वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममानै ओलीले प्रष्ट संकेत गरेका थिए । राजनीतिक मजाक नगर्न उनले पटक पटक भन्दै आएका छन् ।

अहिले देशव्यापी रुपमानै विप्लवका कार्यकर्ता माथि धरपकड जारी राखिएको छ । माथिल्लो देखि तल्लो तहका सवै नेता कार्यकर्ता गिरफ्तार गर्ने सरकारी कदम पछि प्रतिवाद गर्ने विप्लवले चेतावनी दिएका छन् । गएको आइतबार बिप्लवको पार्टीमा दोस्रो वरियतामा रहेका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड प्रकाउ परे । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा हेटौडामा कार्यक्रमगरि फकर्दै गर्दा काठमाडौंको बाट प्रकाउ परेका हुन । प्रहरीले चन्दा असुली काण्डमा उनलाई प्रकाउ गरेको हो । तर उनले आफूमाथि सरकारले षडयन्त्र गरेको आरोप लगाउँदै आफु निर्दोष भएको दाबी गरेका छन् ।

यसअघि पनि विप्लवको पार्टीका केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य प्रकाउ लगायतका नेताकार्यकर्ता प्रकाउ परिसकेका छन् । विस्फोटक पदार्थ ओसार पोसार मुद्दामा पछिल्लो समय उदयपुर जिल्ला अदालतले प्रकाउ पूर्जी जारी गरेपछि नेकपाका महासचिव स्वयं विप्लव नै प्रहरीको ‘वान्टेट’ सूचीमा छन् । दमनले प्रतिरोध जन्माउने भन्दै आएका विप्लव सरकारको कदमबाट पछि हटने मुडमा त छैनन् नै सरकारलाई चेतावनी समेत दिइरहेका छन् । भूमिगत अवस्थामा रहेका विप्लवले भित्रभित्रै क्रान्तिको तयारी गरिरहेका छन् ।

सरकार राज्य बिरुद्धको विप्लव कृयाकलापमा संलग्न हरूलाई समयमै नियन्त्रण गर्न चाहन्छ । त्यसकै पछिल्लो एक्सनमा परेका हुन प्रकाण्ड । विप्लवको पार्टीमाथि स्थानीय, प्रदेश र सङ्घीय चुनावमा ठाउँठाउँमा बम विस्फोट गराएको आरोप छ । यसबाहेक विभिन्न ठाउँमा जबर्जस्ती चन्दा असुली गरेको तीव्र गुनासोपछि सरकारले विप्लवको पार्टीमाथि कडाइको नीति लिएको हो । प्रकाण्ड वाण्डेट र आपराधिक क्रियाकलमा संलग्न भएकाले उनलाई प्रकाउ गरिएको सरकारले प्र्रष्ट पारेको छ । गृहमन्त्री राम बहादुर थापाले कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण वान्टेड भएकोले पक्राउ गरिएको बताएका छन् ।

शान्ति सुरक्षाका लागि सरकारले अहिले विप्लवबाट मात्र खतरा देखिराखेको छ । त्यसल्ौ उतmपार्टी प्रति सरकार एक्सनमा उत्रिएको हो । केन्द्रदेखि स्थानीय तहसम्म सरकारले सुरक्षा सर्तकता अपनाएको छ र निगरानी पनि बढाएको छ । भूमिगत जस्तै बनेका नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले विभिन्न स्थानमा पुगेर क्रान्तिका लागि जुट्न प्रशिक्षणसमेत दिइरहेका छन् ।।

वि.स २०५२ सालमा माओबादिले युद्ध थाल्नु अघि सुरु गरेका गा्रमिण सचेतीकरण अभियान झै बिप्लबले आफ्ना नेता कार्यकर्ता लाई प्रशिक्षण, बिभिन्न ठाउँमा भूमिगत शैलीमा कार्यक्रम गर्दै आएको छ । प्रचण्ड शैलीकै भूमिगत गतिबिधीहरु सञ्चालन हुदै आएका छन । प्रचण्ड भन्दा फरक कार्यशैली एकिकृत जनक्रान्तीको कायदिशा मार्फत गाँउ र सहर केन्द्रीत क्रान्ती गर्ने तरखरमा रहेका विप्लव पार्टीले युद्धको तयारि सम्म गरिराखेको भन्ने सम्मका ब्याख्या अपब्याख्या हुन थालेका छन् । त्यसबाट पनि सरकार अत्तालिएको देखिन्छ । तर,अहिलेनै युद्ध थाल्ने मनस्थीतिमा विप्लव नेकपा छैन । तत्कालै ससस्त्र क्रान्ति थालिए केटाकेटी झै व्यवहार हुने ठानेको उसले सरकारको व्यापक दमन भयो भने चाहिँ पछि नहट्ने जनाएको छ । नेकपाका सल्लाहकार समिति अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ ले सरकारको काम कारबाहीले देश युद्धको बाटोमा गइरहेको बताए ।

पछिल्लो समय बिभिन्न सघंसस्था माथि धावा, भ्रष्टाचार, अनियमितता गर्नेहरुमाथि कारबाहि भ्रष्ट कर्मचारि हरुमाथि कालोमोसो दल्ने लगायतका कार्यक्रम अगाडि सारेर गाउँ र सहरबासीको मन जित्ने कार्य गर्ने रणनीतिमा विप्लव पार्टी लागेको छ । जनजिविकाका कुरा गर्दा आफुमाथि दमन भए प्रतिरोध गर्ने उसले भनेको छ । दमन तिब्र बन्दै जादा जनयुद्धको घोषणा हुने नजिर रहेको कतिपय बिश्लेषकहरुको बुझाई छ । ब्यापक दमनको स्थति सिर्जना भए , उत्कर्षमा जे पनी हुन सक्छ । अथवा हामि बन्दुक उठाउनु तयार हुने छौ भन्ने अभिब्यतmी नेकपाका महासचिव बिप्लबले प्राय सबै कार्यक्रमहरुमा भन्दै आएका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता जस्तो सुकै स्थितीको सामना गर्न तयार रहेको बताउछन् ।

विप्लव नेतृत्वको नेकपाले जनमर्थन जगाँउदै गरेको अवस्थामा उतmपार्टीमाथि धरपकड सुरु भएको केहि राजनीतिक विश्लेषक बताउछन् । माओबादिलाई शान्ती सम्झौतामा ल्याउन भुमिका खेलका, बिस्तृत शान्ती सम्झौताका एक जना समन्वयकर्ता एकराज भण्डारी पछिल्ला घटनाक्रमले देशको हित नहुने बताए ।

विप्लवले अगांलेको हिसांको बाटो ठिक नभएको भन्ने आवाजहरु पनि व्यापक छन् । हिसांले देशलाई बबार्दी तर्फमात्रै लाने सामाजिक अभियन्ता कृष्ण पहाडी बताउछन् । देशले अब हिसां थेग्न नसक्ने पहाडीको बुझाई छ । राजनीतिक आवरणका गैरकानुनी क्रियाकलाप निन्दनिय हुने पहाडी बताउछन् ।

विप्लव नेतृत्वको नेकपामाथि ‘दबाब’ बनाउने सरकारको नीति र त्यसको ‘भण्डाफोर’ गर्ने विप्लवको रणनीतिले आगामी दिनमा तनाव वा हिंसाका घटना बढ्न सक्ने आँकलन गरिएको छ । वार्ता गरेर समस्या हल गर्ने दिशामा दुवैपक्ष देखिएका छैनन् । सरकारले हिसांत्मक क्रियाकलाप नगर भनेर विप्लव पाटीलाई भनिरहदा उतmपार्टी को राजनीतिक दृष्टीकोण बनाएको देखिदैन। समस्या समाधान तर्फ न त सरकार न विप्लवनै अग्रसर देखिएका छन् । कतिपय विज्ञका शब्दमा जनयुद्ध २ को श्रृङखला प्रारम्भ भइसकेको छ, यो श्रृङखला कसरी अगाडि बढ्छ आगमी घटनाक्रमलेनै देखाउने छ ।

(प्राइम टाइम्स टेलिभिजनका लागि वीरेन्द्र चन्द ठकुरीले तयार पारेको रिपोर्ट)



प्रतिक्रिया दिनुहोस्