Logo

शेयरबजारमा कस्तो रह्यो यो साता ? लगानीकर्ताको अवस्था के ?



साउन २६, काठमाण्डौ । पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता उत्साहजनक बन्न सकेन । साताभरमा भएको कारोबारमा पाँचै दिन अधिकांश समूहहरुको परिसुचक ओरालो लागेको छ । यो साता लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।

यस साता कारोबार रकममा भारी गिरावट आयो । साउन २० गतेदेखि २४ गतेसम्म भएको कारोबार एक अर्ब रुपैयाँ पनि पुग्न सकेन । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत ओरालो लागेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ ।साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स एक नम्बरमा दलेखिएको छ । सातामा पाँच करोड ९० लाख ४० हजार रुपैयाँ कारोबार गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा देखिएको हो ।त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि प्राग्रेसिभ नै अगाडि देखिएको छ । पाँच लाख ८५ हजार कित्ता कारोबार संख्याका आधारमा प्रोग्रेसिभ फाइनान्स संस्थापक अग्रस्थानमा देखियो ।त्यसैगरी कारोबार संख्याको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल लाइफको ८ सय ७७ वटा कारोबार भएको थियो ।कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स पछि क्रमशः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा देखिएका छन् ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।



प्रतिक्रिया दिनुहोस्