Logo

संघीयताको पक्ष र विपक्षमा उभिँदा लाल र केसीबीच स्टुडियोमा भयो हंगामा (भिडियोसहित)



काठमाडौं, २६ साउन । संघीयताको पक्ष र विपक्षमा आ आफ्नो मत प्रकट गर्ने र अडान लिने क्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता वृषेशचन्द्र लाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच टेलिभिजन स्टुडियोमै चर्काचर्की परेको छ ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा यी दुई नेताबीच भनाभन नै भएको थियो ।

प्राइम डिबेट ~ Prime Times Television

प्राइम डिबेटमा ऋषि धमलाको साथमा चित्र केसी र ब्रिजेश चन्द्र लाल मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।प्राइम डिबेट ~ प्रत्यक्ष प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepहामीलाई टुम्बलरमा फलो गर्नुहोस: https://primetimesnp.tumblr.com

Posted by Prime Times Television, Nepal on Saturday, August 11, 2018

नेता केसीले संघीयता जनताले खारेज गर्ने दाबी गरे । उनले भनेका छन्,“संघीयता अब जनताले खारेज गर्छन् , यसकोविरुद्ध जनता सडकमा उत्रिन्छन् । हेर्दै जानुहोला ।”

तर राजपा नेपालका नेता लालले संघीयता भएन भने देश टुक्रिने खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्