Logo

संघीयताको पक्ष र विपक्षमा उभिँदा लाल र केसीबीच स्टुडियोमा भयो हंगामा (भिडियोसहित)



काठमाडौं, २६ साउन । संघीयताको पक्ष र विपक्षमा आ आफ्नो मत प्रकट गर्ने र अडान लिने क्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता वृषेशचन्द्र लाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच टेलिभिजन स्टुडियोमै चर्काचर्की परेको छ ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा यी दुई नेताबीच भनाभन नै भएको थियो ।

नेता केसीले संघीयता जनताले खारेज गर्ने दाबी गरे । उनले भनेका छन्,“संघीयता अब जनताले खारेज गर्छन् , यसकोविरुद्ध जनता सडकमा उत्रिन्छन् । हेर्दै जानुहोला ।”

तर राजपा नेपालका नेता लालले संघीयता भएन भने देश टुक्रिने खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot