Logo

नैतिकता नभएका चित्रबहादुरले भनेजस्तो संघीयता असफल हुँदैन : यादव



साउन २७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले संघीयता सफल हुने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले कुनै पनि देशमा संघीयता लागु हुँदा तत्कालै नतिजा आउन नसक्ने भन्दै विस्तारै सफल हुने बताएका हुन् ।

अहिलेको सरकारले बनाउनुपर्ने सबै कानुन तत्काल बनाएर अगाडि बढ्नुपर्ने बताए । प्रदेशलाई स्वायत्त बनाउनुपर्ने सवालमा सरकारको गतिविधी कमजोर देखिएको यादवले बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेजस्तो संघीयताले देश टुक्र्याउने कुरा अफवाह मात्रै भएको यादवले बताए । “संघीयताले राष्ट्र बलियो हुन्छ । सबै नेपाली जनता अधिकार सम्पन्न हुन्छन् । विकासको गति बढ्छ ।” यादवले भने ।

केसी संघीयता विरोधी भएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्विकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने ? यो कुन नैतिकता हो ? संघीयतामा चुनाव लड्ने ? यस्ता कुरा छोड्नुस् ।”

कसैलाई राजा चाहिएको र कसैलाई संघीयता नचाहिएको उदाहरण दिदै यादवले जनताले चाहेको संघीयता सफल हुने बताए ।

आफूहरु संघीयताको पक्षधर भएको भन्दै उनले संविधानमा भएका केही बुँदाहरु संशोधन गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार :

 



प्रतिक्रिया दिनुहोस्