Logo

नवनिर्वाचित सभापती रेग्मीलाई संघसंस्थाद्धारा स्वागत तथा सम्मान



बिमल गौतम : तुलसीपुर २७ श्रावण । मानवअधिकार तथा शान्ति समाज दाङका नवनिर्वाचित सभापती शरद रेग्मीलाई आज तुलसीपुरमा स्वागत तथा सम्मान गरिएको छ ।

रिपोटर्स क्लव नेपाल दाङ , रेडियो सञ्जिवनी र चलचित्र पत्रकार संघ दाङको संयुक्त आयोजनामा आज स्वागत तथा सम्मान गरिएको हो । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष , रेडियो सञ्जिवनिका स्टेशन म्यानेजर समेत रहेका रेग्मीलाई संयुक्त रुपमा स्वागत गरिएको हो ।

सो अवसरमा बोल्ने बक्ताहरुले जिल्लामा मानवअधिकारको प्रत्याभुतिका लागी जिम्मेवारिका साथ लाग्न सुझाव दिएका थिए । मानवअधिकार तथा शान्ति समाज अधिकारको क्षेत्रमा अलग्गै पहिचान बनाएको संस्था भएकाले त्यसको गरिमा र भुमिकालाई अझै माथि उठाउनतर्फ लाग्न बक्ताहरुको सुझाव रहेको थियो ।

त्यस्तै सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले नवनिर्वाचित नयाँ नेत्रृत्वले आफनो कार्यकालमा मानव अधिकार सम्वन्धि ठुला कार्यक्रमको आयोजना गरेर जिल्ला बासीलाई अधिकारका बारेमा सुसुचित गराउनु पर्नेमा जोड दिएका थिए । साथै उनीहरुले जिल्ला हुने बिभिन्न खालका मानव अधिकार हननका घटनाहरुमा जोडदार रुपमा आवाज उठाउन समेत आग्रह गरेका थिए ।

रिपोटर्स क्लव दाङका सविच बिमल गौतमको अध्यक्षता तथा नवनिर्वाचित सभापती शरद रेग्मीको बिषेश उपस्थीतिमा भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव शर्मिला डिसी , राप्ति समाचार राष्ट्रिय दैनिकका अध्यक्ष संगित वस्याल , सम्पादक वसन्त बिवस आचार्य , रेडियो प्रकृतिका स्टेशन म्यानेजर आपेन्द्र वस्नेत , रेडियो हाम्रो पहुचका स्टेशन म्यानेजर वसन्त पौडेल , प्रदेश टुडेको प्रकाश डागि लगाएतकाले बधाई तथा शुभकामना दिनु भएको थियो ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाका कोषाध्यक्ष बालाराम खडकाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेले गर्नु भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्