Logo

राजपा नेताहरु बालुवाटारमा, ओलीसँग गुहारे यस्तो कुरा



काठमाडौँ, २७ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

राजपा नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

राजपा अध्यक्ष मण्डलका सदस्यले आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्